काठमाडौँ । काठमाडौँ महानगरले थापाथली क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरु गरेको छ ।
Advertisement
महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्रमा निर्माण भएका संरचना हटाउन सुरु गरेको हो ।
सो क्षेत्रमा निर्माण भएका क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन संरचना हटाइरहेको छ ।
महानगरका मेयर बालेन शाहको नेतृत्वमा सुरु भएको अनाधिकृत संरचना भत्काउने काम जारी रहेको महानगरले जनाएको छ ।