काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ ।
Advertisement
सेबोनले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो ।
जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । सेबोनले निर्देशक पदमा चार जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा तीन जनाका लागि आवेदन खुला गरेको छ ।
इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्ने छन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिने छ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ ।