• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

जलवायु परिवर्तनविरुद्ध क्षतिपूर्ति माग गर्नुपर्ने सरकार ऋण लिंदै


बुधबार, असोज २६, २०७९ मा प्रकाशित

काठमाडौं : गत १३ भदौमा नेपाल सरकार र विश्व बैंकबीच १० करोड अमेरिकी डलर अर्थात झण्डै १३ अर्ब नेपाली रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो। नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का लागि यो ऋण सम्झौता भएको हो। यस ऋणको लक्ष्य भनेको नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशीतर्फ अग्रसर हुन सहयोग गर्नु छ। सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन्।

Advertisement

ग्रिड डीपीसीको यस पहिलो चरणको सहयोगमा प्राकृतिक पुँजीको दिगो र उत्पादक प्रयोग, शहरी तथा ग्रामीण पूर्वाधार, मानव पुँजी र जीविकोपार्जनको क्षेत्रलाई जलवायु तथा वातावरणीय जाखिमविरुद्ध उत्थानशीलता र थप छरितो र स्वच्छ उत्पादन खपत बढाउनेलगायतका कार्यक्रम समावेश गरिएका छन्। यस्तै, कोरोना महामारीपछि आएको यस सहुलियत ऋणका कारण जल, भूमि प्रयोग, जलवायु, स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषणलगायतका क्षेत्रहरूमा खर्च गर्ने सरकारको योजना छ।

सहसचिव अर्यालले भने कोरोना महामारीबाट आर्थिक पुनरुत्थानका साथै विद्यमान विपद् जलवायु तथा वातावरणीय जोखिमलगायत जटिल बन्दै गएको नेपालको विकाससम्बन्धी चुनौतीहरूलाई कम गर्न ऋण सहयोग प्रभावकारी हुने बताए।

ग्रिडअन्र्तगत तीन चरणमा प्राप्त हुने सहुलियत ऋणमध्येको यो पहिलो चरण हो। तर, वातावरण अभियन्ताहरू भने सरकारले यो ऋण लिन नहुने पक्षमा छन्। तीन दशकदेखि जलवायु परिवर्तन र यसका असरबारे चर्चा शुरु भए पनि अहिले विस्तारै नागरिकले यसमा चासो दिन थालेका छन्। मानव सिर्जित जलवायु परिवर्तनका कारकहरू विस्तारै बढिरहेको अध्ययनले देखाएको छ।

पेरिस सम्झौताअनुसार विकसित राष्ट्रहरू बढी मात्रामा जलवायु परिवर्तनका स्तरवृद्धि गर्नका लागि जिम्मेवार रहेको भन्दै कम विकसित राष्ट्रहरूलाई क्षतिपूर्ति दिने हिसाबले जीसीएफ फन्ड तयार पारिएको छ। तर, विकसित राष्ट्रहरूले उक्त फन्डमा जम्मा गर्नुपर्ने रकम जम्मा गरेका छैनन्।

वातावरण अभियन्ता प्रयास अधिकारीका अनुसार नेपालजस्ता अल्प विकसित मुलुकले जलवायु प्रकोपका असरहरू भोगिरहेका छन्। विकसित देशका कारण जलवायुमा असर पारेवापत नेपाल सरकारले एकातिर क्षतिपूर्ति माग गरिरहेको छ भने अर्काेतर्फ ऋण लिइरहेको छ। उनका अनुसार सरकारले त्यो ऋण लिन नहुने हो। किनकि, त्यो क्षतिपूर्ति पाउनुपर्ने हाम्रो अधिकार हो। ग्रिड प्रोजेक्ट नेपालको हितमा नरहेको भन्दै उनले विश्व बैंकले क्षतिपूर्ति दिन पैसा छैन भन्ने तर ऋण भने दिइरहेको छ। त्यसमा नेपाल सरकार पनि ऋण दियो भनेर खुशी–खुशी लिइरहेको छ तर, क्षतिपूर्ति पाउने नेपालको अधिकार हो।

जीसीएफबाट नेपालले क्षतिपूर्ति नपाएको भने होइन। चुरे संरक्षण, गण्डकीमा सुधारिएको चुलोका लागि सहयोग लिएको छ। तर, त्यो ८० प्रतिशत समुदायसम्म पुग्नुपर्ने भए पनि पुग्न सकेको छैन। नागरिकमा अझै पनि जलवायु परिवर्तनले पारेको प्रभाववारे ज्ञानको कमी छ। ‘जलवायु परिवर्तनले मलाई असर गरिरहेको छ तर यसको क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नुपर्छ भन्ने थाहा छैन तर सरकारले भने निरन्तर ऋण लिइरहेको छ। जुन पारदर्शी छैन,’ अभियन्ता अधिकारीले भने।

सरकारले भने विश्व बैंकसँग लिएको ऋण होइन भनिरहेको छ। जब कि, विश्व बैंकले ३८ वर्षलाई समय तोकेर ऋण दिएको छ। ६ वर्षसम्म ग्रेस गरेर ४४ वर्षसम्म रिपेमेन्ट पिरियड राखिएको छ। त्यति मात्र होइन, बर्सेनि सरकारले सन् २०२८ बाट ०.७५ प्रतिशत सर्भिस चार्ज भनेर तिर्नुपर्ने भनिरहँदा कसरी ऋण भएन भनेर वातावरण अभियन्ताहरूले प्रश्न उठाएका छन्।

जलवायु परिवर्तनसम्बन्धी सरकारले गरेको जनचेतना फैलाउने काम भने प्रभावकारी देखिएको वातावरण अभियन्ताहरू बताउँछन्। तर, सरकारले क्षतिपूर्ति माग गरेकोमा अडिग हुनुपर्नेमा ऋण लिँदा अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक प्रभाव पर्ने उनीहरू बताउँछन्।

बुधबार, असोज २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.