काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराउने भएको छ ।
Advertisement
चार दिनअघि पक्राउ परेका उनलाई दसैंको सार्वजनिक बिदाका कारण अदालतबाट अनुसन्धानका लागि म्याद थप गर्न सकिएको थिएन ।
सन्दीप नेपालका केन्यसँग सिरिज खेल्न जाँदा बलात्कारको आरोप लागेको थियो । पक्राउ पुर्जी जारी भएको करिब एक महिनापछि मात्रै उनले प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए ।
सन्दीपमाथि १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् ।