काठमाडौं- मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको बिहीबार निधन भएको छ। उनी ५९ वर्षका थिए।
Advertisement
२०३९ सालदेखि रेडियो नेपालबाट गाउन शुरु गरेका पाण्डेका धेरै आधुनिक र लोकगीत तथा भजन रेकर्ड भएका छन्।
२०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनको गीत ‘जिन्दगीले कहाँ ल्याइपु¥यायो’ चर्चितमध्येको एक हो। यस्तै, कुन्ती मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत पनि चर्चामा छ। प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिँड्ने’ बोलको लोकगीत पनि चर्चित छ।
‘मधुमास’ शीर्षकको एल्बम निकालेका उनको उक्त एल्बममा समावेश अञ्जु पन्तसँगको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?’ बोलको गीत पनि चर्चित छ।