काठमाडौँ । नेपालमा चिनियाँ राजदूत रहेकी होउ यान्छी बढुवा भएर सरुवा भएकी छन् ।
Advertisement
स्रोतका अनुसार राजदूत होउ चीनका दक्षिण पूर्वी एसियाली देशको संगठन आसियान हेर्ने गरी राजदूत बन्ने भएकी हुन् । उनको जिम्मेवारीमा चीनको इन्डोनेशियासङ्गको द्वीपक्षीय सम्बन्ध पनि छ ।
उनी डिसेम्बरअघि नेपालबाट बिदा हुने भएकी छन् । उनी सन् २०१८ मा राजदूत भएर नेपाल आएकी थिइन् ।