काठमाडौं- बडादशैंको अवसरमा गायिका वाणिका प्रधानले स्रोतामाझ भजन (वाणी)हरूको एल्बम ‘तारतम के मोती’ कोशेलीको रूपमा ल्याएकी छन्।
२३ असोजमा उक्त एल्बम विमोचन हुँदैछ। एल्बममा हिन्दी भाषाका भजनहरू समेटिएको छ। वाणिकाका अनुसार एल्बममा नौवटा भजन समेटिएको छ।
९ अक्टोबरमा पर्ने अन्तर्राष्ट्रिय शरद पूर्णिमा महोत्सवका अवसरमा भजन संग्रह विमोचन गर्न लागिएको हो। ‘श्री ५ पद्मावती पुरी धाम युट्युब च्यानल’मार्फत एल्बम विश्वव्यापी रूपमा विमोचन गर्ने कार्यक्रम छ।
एल्बममा गायिका वाणिकासहित गायक सौरभ धामी र श्रवण धितालको स्वर छ। गीतहरूलाई गायक धितालले संगीतबद्ध गरेका छन्। पद्मावती पूरी धामको प्रस्तुती रहेको एल्बमलाई ‘श्री मुख वाणी संगीत एल्बम’ संज्ञा दिइएको छ।
उक्त एल्बमका केही गीत काठमाडौं र केही भारतको दिल्लीमा रेकर्ड गरिएको हो। स्रोताहरूका लागि ‘श्री ५ पद्मावती पुरी धाम युट्युब च्यानल’ सब्स्क्राइब गरेर भजन सुन्न सकिने व्यवस्था मिलाइएको छ।