• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अब नेपालबाटै यसरी पुग्न सकिन्छ वाल्मीकि आश्रम


    Avatar photo
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

कावासोती- वाल्मीकि ऋषिले संस्कृत रामायण रचना गरेको र राम-सीताका छोराहरू लव र कुश जन्मे-हुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ।

Advertisement

नारायणी नदीमा पूर्वी नवलपरासीको त्रिवेणीधाम र चितवनको माडी जोड्ने झोलुंगे पुल निर्माण सकिएसँगै पवित्र धार्मिकस्थल वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो। असार ०७० मा झोलुंगे पुल निर्माणको सम्झौता भए पनि विभिन्न अवरोधका कारण काम पूरा भएको थिएन।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पुल निर्माणको प्रक्रिया शुरु हुनै लामो समय लागेको थियो। पुल निर्माण भएसँगै नेपालका दुई महत्त्वपूर्ण धार्मिक क्षेत्र त्रिवेणीधाम र वाल्मीकि आश्रम झोलुंगे पुलमार्फत जोडिएका हुन्।

झोलुंगे पुल निर्माण सकिए पनि पुलपारि निकुत्तजभित्रको वाल्मीकि आश्रम पुग्ने ट्र्याक बन्न बाँकी रहेको विनयीत्रिवेणी-६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए। ‘नदीपारिको निकुञ्ज क्षेत्रमा ट्र्याक खोल्ने काम अगाडि बढेको छ, खुल्नासाथ झोलुंगे पुलबाट आवतजावत हुन्छ। माघे औंशी मेलाअगावै पुलबाट आवतजावत हुने कुरामा विश्वस्त छौं,’ शाहले भने।

माडी नगरपालिका-१ स्थित वाल्मीकि आश्रम चितवनतर्फको सडक सञ्जालमा जोडिएको छैन। हालसम्म आश्रम पुग्न हिउँदमा डुंगा र वर्षायाममा पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणस्थित गण्डक बाँध कटेर भारत विहारको वाल्मीकि नगर तथा वाल्मीकि टाइगर रिजर्भको जंगल पार गरेर जानुपर्थ्यो।

भारतको बाटोबाट आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले हैरानी दिने गरेका छन्। यस्तै, भारतकै वाल्मीकि टाइगर रिजर्भमा टिकट काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँ–ठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई आश्रम पुग्न असहज थियो। झोलुंगे पुल निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने तथा त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पुग्ने वडाध्यक्ष शाहले बताए।

मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.