काठमाडौँ । नेकपा एमालेबाट चार दशकभन्दा बढी राजनीति गरेका गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीको सल्लाहकार समिति सदस्यसमेत रहेका उन पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
Advertisement
उनी २०३६ सालदेखि एमालेबाट राजनीति गर्दै आएका थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारी गरेका छन् ।