काठमाडौँ । अविरल वर्षाका कारण प्रसिद्ध धार्मिक तीर्थस्थल बराह क्षेत्र मन्दिर जाने बाटो अवरुद्ध भएको छ । घिर्लिन डाँडोमा पहिरो खसेपछि सडक यातायात अवरुद्ध भएको साइट सुपर भाइजर राजु कटुवालले जानकारी दिए ।
Advertisement
हिन्दूहरूको सोह्र श्राद्ध गर्ने आज अन्तिम दिन भएकाले सोह्र श्राद्ध गर्न जाने धर्मालम्वीहरु बाटो अवरुद्ध भएको कारण बीच बाटोमै रोकिएका छन् । यात्रीहरु बाटैमा अलपत्र परेका छन् ।
झरेको पहिरो जेसिवी लगाएर हटाउने प्रयास भइरहेको कटुवाल जानकारी दिँदै भने, ‘आज हटाउन सकिदैन होला, पहिरो गइरहेको छ, जेसिवी पनि रोकिदै काम गर्नु अवस्था रहेको छ ।’
वडा नं १ का अध्यक्ष किसन मगरका अनुसार बराह क्षेत्र मन्दिर दर्शन तथा धुमफिर गर्ने सोचमा रहेकाहरुले आज बराह क्षेत्र मन्दिर जाने कार्यक्रमलाई स्थगित गर्न आग्रह गरेका छन् । पहिरो कारण विद्युत पोलहरुसमेत ढलेका छन् ।