• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

अमेरिकी राजदूत भन्छन, ‘नेपाललाई कहिल्यै बिर्सन सक्दिन’


मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित

भक्तपुर : कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले सिँगारिएको छ । गल्ली छिर्नेबित्तिकै काठ र दाँची अप्पालगायतका पुराना इँटाले बनेको चारतले ठूलो विशाल भवन देखिन्छन्।

Advertisement

भवनको मूल ढोकाबाट छिर्नेबित्तिकै लहरै बसेका कालीगढ हातमा छिना र हथौडा लिएर ढुङ्गामा विभिन्न देवीदेवताको मूर्ति कोर्दै गरिरहेका देखिन्छन् । आँगनका बीचमा पलेटी मारेको बुद्धको मूर्तिसँगै विशालरुपमा उभिएको एक ऋषिको ठूलो मूर्ति, वरपर भित्तामा विभिन्न देवीदेवता, ऋषिमुनि र नेपाली कला तथा संस्कृति झल्कने मूर्ति टपक्क बसेका देखिन्छन् ।

मूल ढोकाबाट भित्र पसेदेखि नै मूर्तिको सङ्ग्रहालयमा छिरे जस्तै अनुभूति गराउँछ यहाँको दृश्यले । भवनको प्रत्येक कुनामा विभिन्न देवीदेवताका ढुङ्गाका आकर्षक मूर्ति छन्। पाँचौँ तलासम्म काठको भर्‍याङ उक्लँदै जाँदा कुना र भित्तामा राखिएका ढुङ्गाका आकर्षक मूर्ति र कोठामा लहरै खोपीमा राखिएको अरु मूर्तिले नेपालको सिङ्गो सम्पदालाई यहीँ भवनले झल्काइरहेको आभास हुन्छ ।

मूर्ति सङ्ग्रहालय झैँ लाग्ने नेपाल भोकेसनल एकेडेमीको यो भवन प्रवेश गरेसँगै दङ्ग परे नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी । नेपालबाट हराएर अमेरिका पुगेका मूर्ति नेपालमै फिर्ता गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्णसहयोग पुर्‍याएको खुसियालीमा आरपी फाउण्डेसनले आफ्नो सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा सहभागी भएका राजदूत बेरी ढुङ्गाका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर छक्क पर्दै केहीबेर त्यहाँका दृश्यमै हराए ।

नेपालको सम्पदा संरक्षण एवं चोरिएका मूर्ति नेपाल फिर्ता ल्याउने अभियानका अभियन्ता तथा सम्पदाविद् रवीन्द्र पुरी, अभिनन्दन एवं बिदाइ कार्यक्रममा आउने विदेशी पाहुना, संस्कृतिकर्मी, पुरातत्वविद् एवं सहभागी महत्वपूर्ण व्यक्तिसमेत त्यहाँको दृश्यले निकै मोहित भए ।

राजदूत बेरीको कार्यकाल पूरा भएर एक सातापछि घर फिर्न फिर्ने क्रममा आयोजित बिदाइ र अभिनन्दन कार्यक्रममा जब आरपी फाउण्डेसन फर कञ्जरभेसनका अध्यक्षसमेत रहेका सम्पदाविद् पुरीले रातो कपडाले छोपेर राखेको लक्ष्मीनारायणको ढुङ्गाको आकर्षक मूर्ति उपहारस्वरुप दिए तब बेरीको खुसीको सीमा नै रहेन । उनले मूर्तिसँगै उभिएर निकै तस्विर खिचाए।

पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरी भएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाको डल्लास म्युजियममा फेला परेपछि राजदूत बेरीसहितको विशेष पहलमा एक वर्षअघि घरफिर्ता ल्याएर गत वर्ष सोही मन्दिरमा बेरीसहितको उपस्थितिमा प्रतिस्थापन गरिएपछि निकै चर्चामा आएको थियो । आरपी फाउन्डेसनले निर्माण गरेको त्यही मूर्तिको प्रतिरुप राजदूत बेरीलाई सम्पदाविद् पुरीले उपहार दिएपछि उनी निकै दङ्ग परेका हुन।

‘हामी पनौतीमा म्युजियम अफ स्टोलन आर्टस् स्थापना गर्दैछौँ, त्यसको तयारी करिब पूरा भइसकेको छ । लक्ष्मीनारायण मूर्तिको प्रतिरुप बनाएर पनौतीको निर्माणाधीन ‘म्युजियम अफ स्टोलन आर्टस्’मा राख्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘पाटनबाट हराएको त्यहीँ मूर्ति राजदूत बेरीसहितको सहयोगमा घरफिर्ता गर्न सफल भएपछि आज त्यही मूर्तिको प्रतिरुप उहाँलाई उपहार दिन पाउँदा हामी पनि निकै खुसी भएका छौँ ।’

सन् ९० को दशकसम्ममा नेपालबाट हराएका सम्पदाको कुनै अत्तोपत्तो नभएका अवस्थामा पुरातत्वविद् लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) प्रकाशन भएपछि भने नेपालबाट हराएर विदेशमा पुगेका मूर्तिका बारेमा जानकारीसहित चासो बढेको थियो । आरपी फाउन्डेशन फर कन्र्जभेसनले काभ्रेको पनौतीमा सन् २०२३ भित्र सञ्चालनमा ल्याउन लागिएको ‘म्युजियम अफ स्टोलन आर्टस्’मा नेपालबाट चोरिएका र बाङ्देलको पुस्तकमा समेटिएका ५० वटा विशिष्ट मूर्तिको प्रतिरुप निर्माण गरेर म्युजियम सञ्चालनमा ल्याउने अन्तिम कार्य भइरहेको सम्पादाविद् पुरीले बताए।

म्युजियममा राख्नका लागि अहिलेसम्म ४० वटा मूर्तिको प्रतिरुप तयार भइसकेको जानकारी दिँदै उनले अबको एक वर्षमा सञ्चालनमा आउने म्युजियमले नेपालको प्रमुख सम्पदा र मूर्तिकला संरक्षणका साथै यसको महत्वलाई विश्वमाझ फैलाउन अझ टेवा पुग्ने जानकारी गराए। आफ्नो देशको सम्पत्ति घरफिर्ता ल्याउन सम्बद्ध मुलुक, कूटनीतिक नियोग, पुरातत्वसहितको निकायले राजदूत बेरीजस्तै अनुकरणीय काम गरिदिए नेपालबाट चोरिएका र हराएर विदेश पुगेका नेपाली सम्पदाको घरफिर्तीमा थप टेवा पुग्ने सम्पदाविद् पुरीको भनाइ थियो ।

अमेरिकी राजदूत बेरीले आफू जहाँ पुगे पनि सधै नेपाललाई आफ्नो मनभित्र राख्ने बताए। उनले भने,’नेपाली सम्पदाको संरक्षण र सम्वद्र्धनमा अमेरिकी दूतावासमा रहेको एम्बेसेडर फन्ड फर कल्चरल प्रिजर्भेसनले धेरै काम गरेको छ, म संसारको जुनसुकै कुनामा पुगे पनि नेपाल मेरो मनमा रहनेछ ।’ नेपालको कला, संस्कृति र सम्पदा सदैव संरक्षण, सम्वद्र्धन भएको आफूले हेर्न चाहेको भन्दै उनले नेपालको मूर्तिकला र यहाँको सम्पदा बिर्सनै नसकिने बताए।

पत्रकार कनकमणि दीक्षितले राजदूत बेरीको सहयोग र सक्रियताले हाम्रो सम्पत्ति घर फर्काउन सकिएको भन्दै नेपाल सम्पदाकाबारेमा विश्वमा सूचना एवं समाचार सम्प्रेषण हुन थालेपछि निकै उत्साहजनक अवस्था आएको चर्चा गरे। विभिन्न समयमा विभिन्न मन्दिरबाट हराएर अमेरिका पुर्‍याइएका मूर्तिको घरफिर्तीमा राजदूत बेरीले गरेकाे सहयोग र सक्रियता निकै सराहनीय भएको उनले उल्लेख गरे।

नेपालमा दैनिकरुपमा भगवान्का मूर्तिमा अबिर र टीका लगाइदिए पनि यहाँको महत्वबारे विश्वलाई बुझाउन नसकिएको भन्दै पत्रकार दीक्षितले नेपालको सम्पदा पुनःस्थापना अभियानमा राजदूत बेरीको सक्रियता र सहयोग निकै सरानीय रहेको चर्चा गरे।

नेपालबाट हराएर अमेरिककाको विभिन्न सहर एवं सङ्ग्रहालयमा पुर्‍याइएका १७ वटा मूर्ति सन् २०२१ मार्चदेखि २०२२ अगस्टसम्म राजदूत बेरीकै सहयोगमा फिर्ता भएका थिए ।

यसरी फिर्ता भएका मूर्तिमा पाटनस्थित नारायण मन्दिरको लक्ष्मीनारायण, सिटेड गणेश, गोल्ड सिटेड बुद्ध, अप्सरा आकृतिको डुँडाल, इटुबहाल महाबिहारको अप्सरा गन्धर्व, यमपी विहारको मुख्य ढोकाको तोरण, काठमाडौँ ओमबहालको अक्शोभ्य बुद्ध, पाटन गहिटीको उमामहेश्वर, पशुुपति मन्दिरको चतुर्मुखी शिवलिङ्ग, पाटनको औलोक्श्वर ललितपुरकै बुद्ध, नक्सालको नागराज, भक्तपुर गोल्मढीको पार्वती तारा, टेकु नारायण मन्दिरको मूर्ति, कङ्केश्वरी मन्दिरको शिव र काठमाडौँको दुर्गा महिसासुरमर्दनी सम्पदा रहेका छन्।

मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.