काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेता सिट बाँडफाँट गर्न बैठक बसेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेतासहित कार्यदलका सदस्य बैठकमा बसेको हो ।
Advertisement
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी रहेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।
निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै गठबन्धनका दल पुनः छलफलमा जुटेका हुन् ।