काठमाडौं- भारतीय चलचित्र ‘उचाई’को पोस्टर सार्वजनिक भएको छ।
Advertisement
सार्वजनिक पोस्टरको पृष्ठभूमिमा सगरमाथा र मुख्य कलाकार अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई देख्न सकिन्छ।
आगामी २५ कात्तिकदेखि प्रदर्शन हुने फिल्मले साथीहरुको मित्रताको कथालाई समेटेको छ।
राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको पहिलो चरणको छायाङ्कन काठमाडौंलगायत लुक्ला, नाम्चे र मनाङमा भएको थियो। बाँकी छायाङ्कन भने भारतको मुम्बईमा गरिएको थियो।
फिल्ममा नेपाली स्थानहरू र कथा जोडिएको भएर यस फिल्मबाट नेपालको पर्यटनमा फाइदा पुग्ने आशा गरिएको छ।
फिल्ममा अनुपम, बोमन, अमिताभका साथै परिणिती चोपडा र सारिका हसनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। साथै फिल्ममा परमिता राणालगायत नेपाली कलाकारहरूको समेत अभिनय छ।