काठमाडौँ । काठमाडौँको टुकुचा खोला गायब बनाएर भवन निर्माण गरिएको क्षेत्रमा सोमबार महानगरले डोजर चलाएको छ ।
Advertisement
महानगरले जय नेपाल सिनेमा हल गायब बनाएको खोलामा महानगरले डोजर चलाएर टुकुचा फेला पारेको थियो ।
टुकुचा खोला अतिक्रमण गरी ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले अतिक्रमण गरेको महानगरको भनाइ छ ।
महानगरले टुकुचालाई खुला बनाए फुटपाथ र साइकल लेन बनाउने योजना गरेको छ । महानगरको कार्यलाई आइबार मात्रै अदालतले रोक्न आदेश दिएको थियो ।