काठमाडौँ । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका ६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
उनीहरुलाई २ थान नक्कली पेस्तोल र सोको ५ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।