काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक पुनः सरेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बस्ने भनिएको बैठक सरेको हो ।
Advertisement
शनिबार दिउँसो ३ बजे बस्ने भनिएको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपस्थित नभएपछि आज बिहानका लागि सारिएको थियो । आज बिहान ८ बजे बस्ने भनिएको बैठक ११ बजेसम्मका लागि सरेको हो ।
गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको ११ सदस्यीय कार्यदलले भने प्रतिवेदन बनाएर शीर्ष नेताहरूलाई दिइसकेको छ । तर, शीर्ष नेताहरूबीच सहमति हुन नसक्दा बैठक स्थगित हुँदै आएको हो ।