काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको हो ।
Advertisement
बुधबार तोलामा ८०० रुपैयाँले बढ्दै तोलामा ९३ हजार ८०० पुगेको थियो । आज वृद्धि भएको सुनको मूल्यसँगै तोलामा ९३ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १०० रुपैयाँले नै बढ्दै ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।