• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

दुई ‘विवादास्पद’ उपसचिवले निजामति पुरस्कार पाएको दाबी, कर्मचारी वृत्तमा चर्को असन्तुष्टी


बुधबार, भदौ २२, २०७९ मा प्रकाशित

काठमाडौं- निजामति दिवसका अवसरमा पुरस्कृतमध्ये दुईजना उपसचिवको पृष्ठभूमि विवादास्पद रहेको कर्मचारीहरूको दाबी छ।

Advertisement

बुधबार बिहानैदेखि कर्मचारीहरूबीच उनीहरूको नाम व्यापक सर्कुलर भइरहेको छ। उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेलले उत्कृष्ट कर्मचारी पाउने भएपछि असन्तुष्टी देखिएको हो।

उपसचिव रेग्मी गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत छन्। ‘त्यसै पनि निजामति पुरस्कार पाउनेमा निरन्तर काममा खट्ने व्यावसायिक कर्मचारी पर्ने सम्भावना कम रहने गरेको छ। यसपटक दुई विवादास्पद उपसचिवलाई पुरस्कार दिइएको छ,’ एक सहसचिवले भने।

मंगलबार राति मन्त्रिपरिषद बैठकबाट पुरस्कार पाउने कर्मचारीको नामावली स्वीकृत गरिएको हो। रेग्मी नेपाल निजामति कर्मचारी युनियनका पूर्वअध्यक्ष पनि हुन्। पौडेल प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। उनको पृष्ठभूमि विवादास्पद रहेको गृह मन्त्रालयकै कर्मचारीहरूको दाबी छ।

दुवैजना कांग्रेस निकटस्थ कर्मचारी हुन्। ‘उनीहरूलाई पुरस्कार दिइनु आम कर्मचारीबीच असन्तुष्टीको कारण बनेको छ,’ प्रधानमन्त्री कार्यालयकै एक उच्च अधिकारीले भने, ‘उनीहरूको पृष्ठभूमि विवादास्पद छ। कांग्रेस निकटस्थ भएकै कारण उनीहरूलाई नै पुरस्कृत नगरिनु पर्थ्यो। कांग्रेस निकटस्थ अन्य इमानदार कर्मचारीलाई छानिएको भए यस्तो असन्तुष्टी हुँदैनथ्यो।’

यसपटक सरकारले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार कसैलाई दिएन। उक्त पुरस्कार एकजनालाई दिइने गर्छ। त्यसबाहेक उत्कृष्ट निजामति सेवा पुरस्कार १० र निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको छ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा पदमकुमार श्रेष्ठ, उपसचिवद्वय दीपकप्रसाद खतिवडा र हरिप्रसाद ज्ञवाली, उपसचिव मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध छन्।

यस्तै, निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा सहसचिव सुरेन्द्रमोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्यनारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद काफ्ले, उपसचिवत्रय मुनकुमार केसी, ऋषिराम भुसाल र शान्तिबहादुर बस्नेत छन्।

निर्देशक सुदन ख्वखली श्रेष्ठ, योजना प्रमुख बद्रीप्रसाद शर्मा, सीडीई चन्द्रकाजी गुरुङ, शाखा अधिकृत सीता ढकाल, शाखा अधिकृत टेकराज भट्टराई, हुलाक अधिकृत गोविन्दप्रसाद पाण्डे, एकाइ प्रमुख युगमणि सबेहाङ, शाखा अधिकृत ऋषिराज आचार्य, योजना अधिकृत खङराज राई, इन्जिनियर जमुना परियार, कृषि अधिकृत सविताकुमारी जोशी, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राई, नायब सुब्बा जगतबहादुर पाठक, नायब सुब्बा रामप्रसाद नेपाल, तामेलदार गीताकुमारी थापा, नायब सुब्बा विष्णुबहादुर बस्नेत, नायब सुब्बा मञ्जुकुमारी शाह, डिट्ठा जगदिश्वर भट्टराई, खरिदार प्रकाश पौडेल, हल्कारा हरिप्रसाद लम्साल, हलुका सवारी चालक एकराज कोइराला र कार्यालय सहयोगी दशराम थारुले निजामती सेवा पुरस्कार पाएका छन्।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.