काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँट अन्तिम चरणमा पुगेको बताएका छन् ।
Advertisement
मंगलबार बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशसभाका सबै क्षेत्रमा एकैपटक टुंगिने बताए ।
‘सिट संख्या सबै एकैपटक टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नु भएको छ, आज बेलुकासम्मको समय दिइएको छ,’ उनले भने, ‘भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने छौँ ।’
प्रचण्डका अनुसार सिट बाँडफाँटमा नेपाली कांग्रेसले ८० सिट, माओवादी ६० र नेकपा एस २५ सिटलाई आधार बनाएर मिलाउन लागेको बताए ।
‘कांग्रेसको १०० मा दाबी थियो, अहिले ८० को वरिपरि आउने सम्भावना छ, हामीले ६० भनेका छौँ, केही तलमाथि होला,’ उनले भने, ‘समाजवादीको २५ वरिपरि होला ।’