• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

विवादले उग्र रुप लिँदा भाइको परिवारै सखाप, लखेट्दै लगेर हत्या


सोमबार, भदौ २०, २०७९ मा प्रकाशित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा एकै परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ ।

Advertisement

उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीनै जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न आरोपी बेलका नगरपालिका ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । मृतकको आफन्त पर्ने बस्नेतले तीन जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन् ।

हत्या पश्चात फरार रहेको बस्नेतलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका ६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेलका नगरपालिका ७ गोवाटारस्थित बाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव फेला परेको थियो ।

आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बाबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

घटना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएकाले प्रहरीले दिउँसो ३ बजे घटनाको बारेमा जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरदेखि खेती जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार, ३३ वर्षीया बुहारी सरिता र १२ वर्षीय भतिज सुजन बस्नेतको उनले हत्या गरेको प्रहरी आरोप छ ।

बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गइरहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका प्रहरीले जनाएको छ । खुकुरी भिरेका नरबहादुरले भाइ राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेत पुगिसकेका बुहारी र भतिजलाई खोलामा काटेर हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार बिहान ११ बजेको घटनाबारे ३–४ घण्टासम्म कसैलाई जानकारी थिएन । कसैले नदेखेको हुनाले निर्धक्क घटना घटाएर हिँडेका बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

मृतक र हत्या आरोपितका बाजेहरू दाजुभाइ हुन् । घरायसी विवादले उग्ररुप लिदाँ हत्या हुन पुगेको अनुमान प्रहरीले गरेको छ । हत्या आरोपित बस्नेतले आफूलाई प्रहरीमा लगेर थुनाउछु मात्र भन्ने गरेकाले खेतीमा गएको मौकामा बाटो ढुकेर राजकुमारको हत्या गरेको बयानमा भनेका छन् ।

त्यसपछि बुहारी र भतिजलाई पनि खेतबाट लखेट्दै खोलामा लगेर हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका हत्या आरोपी बस्नेतलाई आइतबारै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • विवाद
सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

भर्खरै

  • १.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • २.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ३.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ४.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ५.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ६.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ७.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ८.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.