काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
Advertisement
हात्तीबनमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । गठबन्धनको सिट बाँडफाँट गर्न सकस भइरहेको अवस्थामा शीर्ष नेताहरूबीच तीव्र भेटवार्ता हुँदै आएको छ ।