काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट भएर घाइते भएका नौ जनाको उपचार गर्न जिल्लाको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
Advertisement
केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका सात सहितका नौ जना गम्भीर घाइते भएका थिए ।
उनीहरुको उपचार गर्न भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमा नै पुगेर जनही एक लाखको दरले नौ लाख सहयोग हस्तान्तरण गरेका हुन् ।
पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टीमले सहयोग जुटाएको हो ।