काठमाडौं– आज साउथ सुपरस्टार नागार्जुनको ६३औं जन्मदिन हो । २९ अगस्ट १९५९ मा जन्मेका नागार्जुनले हिन्दी र साउथका करिब १०० फिल्ममा अभिनय गरेका छन् ।
Advertisement
नागार्जुनले सन् १९८६ मा रिलिज भएको साउथ फिल्म ‘विक्रम’बाट अभिनय करियर शुरु गरेका थिए । उनले फिल्म ‘शिवा’ (१९९०)बाट बलिउडमा आफ्नो यात्रा शुरु गरेका हुन् । उनी नौवटा राज्य नन्दी पुरस्कारबाट सम्मानित भइसकेका छन्।
नागार्जुनले दुईवटा विवाह गरेका छन् । उनले सन् १९८४ मा लक्ष्मी दग्गुबातीसँग पहिलो विवाह गरेका थिए । उनीहरुको विवाह धेरै समय टिकेन । विवाहको ६ वर्षपछि दुवैको सम्बन्धविच्छेद भएको थियो । उनीहरुको नागा चैतन्य नामको छोरा छन् ।
नागार्जुनले १९९२ मा अभिनेत्री अमलासँग विवाह गरे । उनीहरुको अखिल अक्किनेनी नामको छोरा पनि छन् । नागार्जुनका दुवै छोरा साउथ फिल्ममा सक्रिय छन् ।