काठमाडौँ । काठमाडौँ महागरले आज भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब वे)माथि बनेको संरचना भत्काउन थालेको छ ।
Advertisement
भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगरको प्रहरीले भत्काएको हो ।
पैदल यात्रु हिँड्ने सब वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीतको संरचना भत्काउन लागेको महानगरले जनाएको छ ।
सबवेभित्रका ७ वटाबाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरको योजना रहेको छ ।