काठमाडौं- २०७८ सालको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यलाई दिइने भएको छ।
Advertisement
मदन पुरस्कार गुठीले शनिबार डा. नवराज लम्सालको महाकाव्य अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।
यस्तै, सोही वर्षको जगदम्बाश्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ। उनी बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्।
मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत- नेपाल शब्दकोश, सतीः इतिहास र मीमांसा र हिति प्रणाली छनोट भएका थिए।