काठमाडौ- भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
उनको शव परीक्षण (फोष्टमोर्टम)का क्रममा शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ । फोगाट भूतपूर्व ‘टिकटक स्टार’ थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भाजपाको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार हुन् । प्रहरीका अनुसार सन्दिग्ध ती दुवै जनालाई बिहीबार साँझ पक्राउ गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जबर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।
पश्चिमी राज्य गोवा भ्रमणका बेला २२ अगष्ट २२ मा मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन् ।