काठमाडौँ । काठमाडौँ महानगरले आज कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाउने भएको छ । आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।
Advertisement
व्यवसायीले सामान नहटाए महानगर आफैले हटाउने भएको हो । नक्सा पासबिना सडकमै ट्रस्ट बनाएकाले भत्काउने भएको हो ।
यसअघि महानगरले नयाँ बानेश्वर, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्ली, दरबारमार्गलगायत क्षेत्रका राखिएको अण्डर ग्राउण्डेट व्यापार व्यवसाय हटाएको थियो ।