काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । उनी आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
Advertisement
सरकारले प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माणसहित दीर्घ कालीन महत्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपति जनाएको छ ।
यी विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न उनी प्रधानमन्त्रीलाई भेट्न पुगेको बालुवाटार स्रोतले जनाएको छ ।