काठमाडौँ । पूर्व मुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ ।
Advertisement
एकै तहका कर्मचारीहरूको तलब समान नभएपछि पौडेलको संयोजकत्वमा उच्च स्तरीय अध्ययन समिति गठन भएको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुर्वमुख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो ।
समान तलब नभएको भन्दै कर्मचारीहरूले आन्दोलन गर्दै आएका छन् ।