काठमाडौँ । दिवगंत नेता प्रदीप गिरीको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने भएको छ ।
Advertisement
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने भएको हो ।
०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा ५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका गिरि त्यसपछि क्रमशः २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित भएको क्यान्सर पीडित गिरिको शनिबार राति उपचारका क्रममा निधन भएको थियो ।
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद गिरिको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।