काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा मार्ल्यापण गरी प्रचण्डले उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेका थिए । श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले समाजवादी चिन्तक गिरिले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्याएको बताए । उनले भने, ‘बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।’
देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरिको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो । ‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो,’ अध्यक्ष दाहालले भने ।