काठमाडौँ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।
Advertisement
अध्यक्ष प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका उनको सचिवालयले जनाएको छ ।
शनिबार बिहान गिरिलाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् ।