काठमाडौँ । पछिल्लो दिनमा नेपाली बजारमा सुन चाँदीको मूल्य घट्ने क्रम जारी छ । लगातार घट्दै आएको सुन चाँदीको मूल्य आज पनि घटेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ९०० सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले कम हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा मूल्यमा कारोबार भएको थियो ।