काठमाडौँ । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।
Advertisement
शनिबार राति बालिकालाई फकाएर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार उजुरी दिएका थिए । उजुरीपछि बुढाथोकी पक्राउ परेका हुन् ।