काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अनुगमनको लागि राखिएको सीसीटीभी क्यामेरामा विभिन्न मितिमा गैर कानूनी रुपमा हतियारसहित केही व्यक्तिहरु प्रवेश गरेको देखिएको छ ।
Advertisement
तस्वीरमा गैर कानूनी व्यक्ति प्रवेश परेपश्चात राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका इलाकामा निगरानी तथा खोजतलास कार्य गरेको थियो । खोजतलासका क्रममा तस्वीरमा कैद भएका व्यक्तिबारे प्राप्त जानकारीका आधारमा नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले शंकास्पद व्यक्तिको घरमा खोजतलास गरेको थियो ।
सो क्रममा एक थान बन्दुक, थ्री नट थ्री राउण्ड गोटा चार वटा, छालासहितको मासु करिव ७०० ग्राम, सुकुटी मासु करिव ४०० ग्रामलगायत विभिन्न सामाग्री फेला परेको निकुञ्जले जनाएको छ ।