काठमाडौं– सलमान खानलाई हालै मुम्बई एयरपोर्टमा पूजा हेगडेसँग देखिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार दुबै जना आगामी फिल्म ‘भाइजान’ को लागि रोमान्टिक नम्बर शूट गर्न लेह लद्दाख गएका हुन् । दुबैले यस रोमान्टिक गीतको छायांकन लद्दाखका केही सुन्दर लोकेशनमा गर्नेछन् ।
सलमान ती कलाकारमध्ये एक हुन्, जसले अन्तर्राष्ट्रिय लोकेशनभन्दा पनि भारतका सुन्दर लोकेशनमा सुटिङ गर्न रुचाउँछन् । भारतजस्तो ल्यान्डस्केप अरु कुनै देशमा नरहेको सलमानको विश्वास छ । उनी प्रायः उत्तरमा शूट गर्न रुचाउँछन्, जहाँ शूट ल्यान्डस्केप बाँझो भूमिदेखि हिउँले ढाकिएको पहाडहरू र विदेशी जंगलहरूमा पाइन्छ । फिल्म निमार्ण टिमले रोमान्टिक नम्बर शूट गर्नको लागि स्थान खोजिरहेका बेला सलमानले लद्दाख सुझाएका थिए ।
फिल्मलाई फरहाद सामजीले निर्देशन गर्दैछन् । फिल्ममा संगीत हनी सिंह, डीएसपी र रवि बसरुर जस्ता धेरै संगीतकारहरूले दिएका छन्। निर्माण टिमले हैदराबादमा दुई गीतको छायांकन पूरा गरिसकेको छ । फिल्म ३० डिसेम्बर २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ।