काठमाडौँ । यस साता नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत साता शुक्रबारको तुलनामा यो साता सुनचाँदीको मूल्य पाँच सय रुपैयाँले वृद्धि भएको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।
यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाला सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । गत शुक्रबार तोलामा एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबार पाँच रुपैयाँले बढ्दै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।