• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सेनाले ठेक्का लिएको राष्ट्रिय गौरव आयोजनाको प्रगति कति ?


बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

काठमाडौँ । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मा लिएर अघि बढाएको छ । सरकारको विभिन्न समयमा भएको निर्णयबाट नेपाली सेनाको उच्च कार्य सम्पादन क्षमतालाई मध्यनजर गर्दै उक्त जिम्मा पाएको हो ।

Advertisement

नेपालको संविधान २०७२ को धारा २६७ मा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र विपद् व्यवस्थापनलगायतका कार्यमा लगाउन सकिने उल्लेख छ । त्यही धारामा टेकेर राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापनका साथै सेनाले ती जिम्मेवारी पाएको हो ।

सेनाले काठमाडौँ–तराई तथा मधेस द्रुतमार्ग सडक आयोजना, कर्णाली करिडोर, महाकाली करिडोर, कोसी करिडोरका विभिन्न खण्डमा जिम्मेवारी प्राप्त गरेको छ । ती आयोजनाको निर्माण धमाधम चलिरहेको छ । सबै आयोजना प्राथमिकता प्राप्त रहेकाले पनि चाँडो सक्नु पर्ने दबाब कायमै छ ।

रक्षा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि द्रतमार्ग निर्माणका सवालमा बढी चासो व्यक्त गरेका थिए । सेनाको उच्च कार्य सम्पादन क्षमतालाई मध्यनगर गरी राष्ट्रिय गौरवको योजना निर्माणको जिम्मासमेत सेनालाई दिइएको उल्लेख गर्दै उनले तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकतातर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल द्रुतमार्गलगायतका आयोजना छिटो सम्पन्न गर्दा मुलुकलाई ठूलो आर्थिक लाभ हुने बताए । रक्षा सचिव किरणराज शर्माका अनुसार मन्त्रालय र मातहतको एकीकृत रूपमा विश्लेषण गर्दा आर्थिक वर्ष २०७८–७९ मा पूँजीगततर्फ ६१.९७ र भौतिक प्रगति ६५.०५ प्रतिशत हासिल भएको छ ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाहरू समयमै निर्माण सम्पन्न गर्ने कोसिस भने जारी रहेको बताए । विभिन्न क्षेत्रमा पहुँच मार्गको अभाव, चिसो, जोखिम क्षेत्र, भौगोलिक वातावरणलगायतका कारणले कतिपय आयोजनामा समस्या हुने गरेको उनले सुनाए ।

काठमाडौँ–तराई द्रुतमार्ग

खोकनाको जग्गा प्राप्ति विवादले प्रभावित भइरहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग आयोजनाको भौतिक प्रगति जम्मा २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत छ । विभिन्न ११ प्याककेजमा काम भइरहेकाले प्याकेज अनुसारको प्रगति फरक–फरक रहेको र सोहीअनुसार काम जारी छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन २०७६ भदौ १ मा स्वीकृत भएर काम अघि बढाइएको थियो । उक्त आयोजनाका लम्बाइ ७२.५ किलोमिटरको छ । तीनवटा (महादेवडाँडा, धेद्रे र लेनडाँडा)मा गरी ६.४१ किलोमटिरको सुरुङमार्ग रहेको छ । कूल ८७ पुल निर्माण गर्नु पर्ने हुन्छ ।

आयोजनको कुल लागत एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख रहेको छ । चालु आवमा भने त्यसका लागि ३० अर्ब बजेट छुट्टिएको छ । यसको प्रस्थानविन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ हो । कूल पाँच हजार एक सय ७२ रोपनी जग्गाको मुआब्जा वितरण गर्नु पर्नेमा चार हजार सात सय ४५ रोपनीको मुआब्जा वितरण भएको छ ।

कर्णाली करिडोर

मन्त्रिपरिषद्को २०७८ असोज ५ को निर्णयानुसार नेपाली सेनालाई उक्त करिडोरको लालीबगरबाट दुल्लीकुना (सात किमी) र घाटपारी चौर बद्रीगाउँबाट भुक्काखोलासम्मको कर्णाली किनारको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी छ ।

यस्तै, मन्त्रिपरिषद्को २०७८ फागुन १६ को निर्णयसमेत गरेर कूल २२ किलोमिटर निर्माणको जिम्मेवारी सेनाको छ । जसअन्तर्गत सेनालाई आव २०७८–७९ मा प्राप्त जिम्मेवारीमा वित्तीय प्रगति ८९.७२ र भौतिक प्रगति १०० प्रतिशत पूरा भएको जनाइएको छ ।

कोसी कोरिडोर

उक्त करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का खण्डको १०.५१ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । सेनाले विसं २०७७ माघ २४ गतेबाट निर्माण सुरु गरेको उक्त आयोजनाको गत आर्थिक वर्षमा तीन किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी थियो । जसअनुसार वित्तीय प्रगति ८५.३५ र भौतिक प्रगति १०० प्रतिशत भएको छ । उक्त क्षेत्रको बरुणखोलामा बाढीले कल्भर्ट बगाएकाले सामान ढुवानीमा कठिनाइ भइरहेको जनाइएको छ ।

बेनीघाट–आरुघाट लार्के भञ्याङ सडक

विसं २०७३ को मन्त्रिपरिषद् निर्णयले त्यहाँको ९२ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । आव २०७८–७९ सम्म तीनवटा क्याम्प निर्माण तथा ३२.५ किलोमिटर ट्रयाक निर्माण सकिएको छ । त्यसमध्ये १८ किलोमिटर सडक विभागलाई हस्तान्तरणसमेत भइसकेको छ ।

चालु आवका लागि वित्तीय प्रगति ८७.३९ र भौतिक प्रगति १०० प्रतिशत रहेको छ । मनास्लु क्षेत्रको वातारवणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्राप्त नहुँदा काममा केही समस्स्य देखिएको जनाइएको छ ।

महाकाली करिडोर

उक्त करिडोरको ७९ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले प्राप्त गरेको छ । मन्त्रिपरिषद्को २०७७ वैशाख १४ को निर्णयले कोठेधार–टिङ्कर खण्ड ७५ किमी र २०७८ माघ १७ को निर्णयले तुषारपानीबाट कोठेधार खण्डको चार किमी सडक निर्माणको जिम्मा पाएको थियो ।

प्राप्त विवरणमा दार्चुला–टिङ्कर सडकको वित्तीय प्रगति ९१.५४ र भौतिक प्रगति ९९ प्रतिशत रहेको छ । उक्त क्षेत्रमा सडक निर्माणका लागि बम विस्फोट गराउनुपर्ने र त्यसरी विस्फोट गराउँदा टुक्राहरू भारतीय क्षेत्रमा जाने हुँदा समन्वय गरी काम गर्नुपर्ने आवश्यकता सेनाले औँल्याएको छ ।

यस्तै, पहिरो जाने क्षेत्र परेकाले सडक विभागको क्षेत्रमा पर्ने ठाउँको आवश्यक व्यवस्थापन गरी आयोजना निर्माणको काममा समस्या नआउने अवस्था सिर्जना गर्नु पर्ने आवश्यकता औँल्याइएको छ ।

 

  • आयोजना
  • आवश्यकता
  • नेपाली सेना
बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

भर्खरै

  • १.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • २.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ३.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

  • ४.
    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

  • ५.
    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ६.
    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

  • ७.
    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

  • ८.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.