काठमाडौँ । चार वर्षअघि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीको निगरानीमा रहेका ४४ वर्षीय दिलीपसिंह विष्टविरुद्ध दुव्र्यवहार गरेको आरोप लागेको छ ।
Advertisement
विष्टलाई प्रहरीले पन्तको घटनामा अभियुक्त भएको भन्दै २०७५ भदौ ४ गते सार्वजनिक गरेको थियो । तर, विरोध र डीएनए नमिलेपछि उनी रिहा भएका थिए ।
विष्टविरुद्ध निर्मला पन्तको घटनामा साइकल भेटिएको ठाउँ भएकै सडक छेउमा एक किशोरीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी पुगेको हो । उनीविरुद्धको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरिदिएको छ ।
गत साउन १२ गते कक्षा ११ पढ्ने एक किशोरीलाई हात समातेर ताने पनि किशोरी भागेर घर पुगी आफन्तलाई बताएकी थिइन् । त्यसपछि परिवारले प्रहरीमा उजुरी लिएर पुगेका हुन् ।
प्रहरीले दिलीप सिंहविरुद्धको उजुरी निर्मला प्रकरणसँग जोडेर हेरिरहेको छ ।