काठमाडौँ । बैतडीमा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब १३ लाख राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८–७९ मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव १३ लाख राजश्व सङ्कलन गरेको हो ।
Advertisement
गत आर्थिक वर्षमा सल्लोको खोटो वन पैदावारलगायत जडीबुटी निकासीबाट १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए ।
गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ । जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटीसमेत निकासी हुने गरेको छ ।