• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अतिवादको चौतर्फी घेरो !


    Avatar photo
सोमबार, साउन २३, २०७९ मा प्रकाशित

राजनीतिक रूपमा र्‍याडिकलाइज भएका व्यक्तिहरूबीच कित्ताकाट भयो। धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक विषयमा स्वतन्त्र दृष्‍टि दिने व्यक्तिहरूको सर्वथा अभाव छ। यो राजनीतिक स्वार्थमा भएको कित्ताकाट हो।

Advertisement

कुनै पनि शब्दलाई आ-आफ्नो स्वार्थमा जोड्ने प्रवृत्ति संसारभर छ। र्‍याडिकलाइजेसनलाई पनि त्यसरी नै स्वार्थअनुकुल र प्रतिकुलका दृष्‍टिले व्याख्या गर्ने आदत बनिसकेको छ। जस्तो- संसारभर र्‍याडिकलाइजेसनलाई मुस्लिम कट्टरपन्थका रूपमा व्याख्या भएको पाइन्छ। तर, र्‍याडिकलाइजेसन शब्द कुनै पनि धर्म वा समूहसँग मात्र सम्बन्धित छैन। राजनीतिक, सामाजिक हरेक क्षेत्रमा र्‍याडिकलाइजेसन मौलाएको यथार्थबाट हामीले बिमुख हुन मिल्दैन।

कट्टरता र अतिवाद नै र्‍याडिकलाइजेसन हो। त्यही कट्टरता नेपाली राजनीतिक दलहरूले बेलामौकामा प्रयोग गरिरहेकै छन्। नेपालका राजनीतिक पार्टीहरूले मध्यम वर्गलाई बढी र्‍याडिकलाइज गर्दै आएका छन्। सत्ता परिवर्तन गर्ने वा ठूलै परिवर्तन ल्याउने भनेको बुद्धिजीवी र मध्यम वर्गीयले हो। पञ्‍चायतकालपछि र अहिलेसम्म हेर्ने हो भने राजनीतिक पार्टीको ध्यान त्यतातिरै छ।

त्यसपछि राजनीतिक कारणबाट शिक्षित वर्गको कित्ताकाट हुनुमा पनि र्‍याडिकलाइजेसनको भूमिका देखिन्छ। त्यस्तो र्‍याडिकलाइजेसनमार्फत दलहरूले आ-आफ्नो राजनीतिक स्वार्थ सिद्ध गरे। हाम्रा बुद्धिजीवी र शिक्षित वर्ग कसरी र्‍याडिकलाइज भइरहेका छन् भन्‍ने जानकारी पाउन टाढा जानै पर्दैन, सामाजिक सञ्‍जालमा कुनै एक राजनीतिक दल, समूहका पक्ष र विपक्षमा उनीहरूले व्यक्त गर्ने भावनाबाटै प्रष्‍ट हुन्छ। कोही साम्यवादी बने, कोही समाजवादी त कोही बीपी कोइरालाको समाजवादलाई आदर्श मान्‍ने अनुयायी बने। आफ्नै विचारबाट समाजलाई नयाँ दिशा दिने पाटोमा उनीहरू चुके।

अनि राजनीतिक रूपमा र्‍याडिकलाइज भएका व्यक्तिहरूबीच कित्ताकाट भयो। धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक विषयमा स्वतन्त्र दृष्‍टि दिने व्यक्तिहरूको सर्वथा अभाव छ। यो राजनीतिक स्वार्थमा भएको कित्ताकाट हो। समाजमा विचार बाझिने र त्यसलाई सहमतिको विन्दुमा जोडेर अगाडि बढ्ने कुराले समाज पनि गतिशीलता हुन्छ। तर, आपसी स्वार्थ बाझिँदा नेपाली समाजले समृद्धिको उकालो यात्रा तय गर्न सकेको छैन।

अनि जनताका समस्या समाधानमा वस्तुनिष्‍ठ भएर मिहिन ढंगबाट व्यवस्थापनमा लाग्‍नुपर्ने वर्ग राजनीतिक स्वार्थप्रेरित देखिनु नै नेपाली समाजलाई डरलाग्दो रूपमा र्‍याडिकलाइज्ड गराइरहेको यथार्थ हो। राजनीति जनसेवाको माध्यम बनेन, यो त पारिवारिक व्यवस्थापन र पदीय स्वार्थमा अल्झियो। स्वतन्त्र दृष्‍टि दिने कोही व्यक्ति देखिएनन्। जो पनि केही न केही स्वार्थमा लागेका छन् । यिनीहरूको दिनचर्या एउटा हुन्छ र काम अर्को गरिरहेका हुन्छन्।

जनतालाई र्‍याडिकलाइज गर्ने व्यक्तिहरू आफू सुकिलामुकिला कपडा लगाउँछन्, महँगो घरमा बस्छन् अनि महँगा गाडी चढ्छन्। सर्वसाधारणलाई र्‍याडिकलाइज्ड गरेर भडकाए, राजालाई फाल्न लगाए अनि अहिले आफू कहाँ छन् भन्‍ने जगजाहेर छ। देशमा भइरहेका स-साना बदमासीहरू साम्यवाद र समाजवादको ज्ञान बाँड्नेहरूको दबदबा हुँदा उनीहरूले राम्रै काम गर्दा पनि जनताले विश्‍वास नगर्ने भाष्‍य निर्माण गरे।

त्यसको पछिल्लो उदाहरण हो, प्रहरीका लागि हतियार खरिद प्रकरण। प्रहरीलाई हातहतियार अत्यावश्यक छ। तर, त्यही अत्यावश्यक सामग्रीमा पनि विरोध गर्ने बनाइदिए, साम्यवादी, समाजवादीहरूले। यथार्थ के हो भन्‍ने खोतल्नतिर कोही लागेन। तर, प्रहरीलाई अत्यावश्यक सामग्री हो भन्‍ने यथार्थबाट बिमुख भए, जनता। किनकि, नेताले चुनावको मुखमा कमिसन प्राप्त गर्न प्रहरीलाई हतियार खरिद गराउन लागेको शंका पैदा भयो। त्यसको मुख्य कारण हो, राज्य सञ्‍चालकहरूले जहाँसुकै बदमासी गर्नु। त्यसैले जनताले यसमा पनि बदमासी हुन सक्ने आशंका गरे र विरोधमा उत्रिए।

यद्यपि, यसको अर्को आयाम पनि छ। त्यो हो, जुनसुकै सामग्रीको मूल्यसूची इन्टरनेटमै उपलब्ध हुनु। इन्टरनेटमा अभ्यस्त भइसकेका जनताले प्रहरीलाई खरिद गर्न लागिएका हतियारको मूल्यसूची इन्टरनेटबाटै प्राप्त गरे। अनि तीन सयमा पाइने सामग्रीलाई तीन हजार खर्च गर्न लागिएको जानकारी पाए। यहाँनेर राजनीतिक नेतृत्वको पारदर्शितामा प्रश्न उठ्छ। जनता आफूभन्दा बढी जानकार छन् भन्‍ने यथार्थ राजनीतिक नेतृत्वले स्वीकार्न नसक्नु नै प्रहरीले हतियार प्राप्त गर्न नसक्ने कारक बन्‍न पुग्यो। र, बदमासीबाटै राज्य सञ्‍चालन गरिरहेकाहरू प्रति जनविश्‍वास खण्डित हुनु नै यसको मुल कारण हो। राज्य सञ्‍चालकमा पारदर्शिता देखिने हो भने पनि समाजको र्‍याडिकलाइजेसन रोकिने रहेछ नि !

नेपाली नेताहरूको भ्रष्‍ट प्रवृत्तिले जरा गाडिसकेको छ। जनतालाई ठगठाग गरेर र्‍याडिकलाइज्ड गर्दै शासनमा पुगेका नेताहरूले र्‍याडिकलाइजेसनकै सहारामा राज्य सञ्‍चालन गरिरहनुले जनतामा चरम आकांक्षा जगाइदियो। सत्तामा पुगेपछि र्‍याडिकलाइजेसनको कोर्सबाट मुलुकलाई बाहिर निकाल्नुपर्थ्यो। र, यथार्थको धरातलमा बसेर राज्य सञ्‍चालन गर्नुपर्थ्यो। अनि दीगो विकासतर्फ मुलुकलाई अगाडि बढाउनुपर्थ्यो। त्यही नहुँदा समाज र्‍याडिकलाइज्ड भई नै रह्यो, शासन सञ्‍चालन उचित ढंगले हुन सकेन।

जनजीवीकाका मिहिन विषय व्यवस्थापन गर्न सक्ने दूरदर्शी नेताहरू नै उत्पादन हुन सकेनन्। जनताका धेरै ठूला अपेक्षा हुँदैनन्। आफ्ना स-साना सकस सम्बोधन हुँदै गए भने जनताको पूर्ण साथ पाउन सकिन्छ। त्यही मिहिन व्यवस्थापन गर्न नसक्नु नै नेपाली नेताहरूको मुख्य कमजोरी हो।

अनि कार्यकर्ता तहमा भ्रष्‍ट प्रवृत्ति उनीहरूको बाध्यता बनिदियो। सबैका आ-आफ्ना मागहरू छन्। उनीहरूका पनि परिवार र अझ तल्लो तहका अनुयायी हुन्छन्। उनीहरूले पनि चुनाव लड्नुपर्छ। चुनाव यति महँगो बनाइयो कि वडा तहमै चुनाव लड्नेले लाखौं अनि प्रदेश र केन्द्रसम्म पुग्‍नेहरूले करोडौं खर्च गर्नुपर्ने भयो। त्यही खर्च जुटाउन जताततै कमिसन र भ्रष्‍टाचार मौलायो। हिजोको र्‍याडिकलाइजेसन आज भ्रष्‍टाचारको कारक बन्यो।

यो प्रवृत्तिले समाजमा यसरी जरा गाडेको छ कि हरेकले यसको विरोध गर्छन् तर निर्मुल पार्न सक्दैनन्। त्यसको कारण पनि अनौठो छ। यो प्रवृत्तिको जगमा टेकेर पुग नपुग ५-६ सयजनाको व्यवस्थापन भएको छ। तिनीहरू सबै कुनै न कुनै रूपमा भ्रष्‍टाचार र कमिसनतन्त्रमा लिप्त छन्। एमाले, कांग्रेस, माओवादी सबैले यो प्रवृत्ति गलत हो भन्छन् तर फाल्न सक्दैनन्। कारण- एउटा स्वार्थका लागि कार्यकर्तालाई र्‍याडिकलाइज्ड गरियो, उनीहरू बिग्रिए। र, जो मानिस विगतमा र्‍याडिकलाइज्ड भएका थिए, तिनीहरूकै कारण सबैतिर भ्रष्‍टाचार मौलायो।

विगतमा जनतालाई र्‍याडिकलाइज्ड गर्दा त्यसको परिणाम कसैले सोचेनन्। र, एक तहको र्‍याडिकलाइजेसनपछि त्यसबाट बाहिर निकाल्ने चेष्‍टा पनि कसैले गरेनन्। आज गरेको कामको अपजस भोलि आफ्नो थाप्लोमा आउँछ भन्‍ने ख्याल नै गरेनन्। आफू पनि काम गर्न नदिने र अरूलाई पनि काम गर्न दिएनन्। त्यसैले राज्य संयन्त्र फङ्सनल हुन सकेनन्। हरेक ठाउँमा आफूले संरक्षण गरेका मानिसलाई राखिदिए। राज्य संयन्त्र त्यही कारण फङ्सनल हुन सकेनन्।

जो जसले जहाँ जिम्मेवारी पाए, उनीहरूमा आत्मविश्‍वासको कमी देखियो। आफू सक्षम नभएका कारण उनीहरूले जिम्मा पाएका राज्य संयन्त्र फङ्सनल हुन सकेनन्। आत्मविश्‍वास भएका मानिसले त स्वतः संयन्त्रलाई फङ्सनल बनाइहाल्छ नि, कसैले उसलाई डोर्‍याइरहनै पर्दैन। संयन्त्रलाई फङ्सनल बनाउन नसक्ने मानिसलाई धमाधम नियुक्ति दिनु राजनीतिक दल र तिनका शीर्ष नेताका लागि बाध्यता बन्यो। किनकि, विगतमा त्यस्ता व्यक्तिहरूबाट कुनै न कुनै स्वार्थसिद्धि गरेका थिए, माथिल्लो तहका नेताहरूले।

नेपाली समाजमा र्‍याडिकलाइजेसनको एउटा उदाहरण हो, माओवादीको जनयुद्ध। माओवादीले निमुखा नागरिकलाई यसरी र्‍याडिकलाइज्ड गर्‍यो कि मानिस मर्न र मार्न तयार भए। त्यसैले त अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा ज्यादा थ्रेट भएका नेता मानिन्छन्। र, उनलाई सबैभन्दा ठूलो थ्रेट आफ्नै कार्यकर्ताबाट छ। यसबीचमा अधिकांश पार्टीका शीर्ष तहका अझ प्रधानमन्त्री नै भइसकेका नेतामाथि आक्रमण भइसकेको छ। र, त्यो आक्रमण उनीहरूकै कार्यकर्ताबाट भएको छ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ र सीके राउतहरू शान्तिपूर्ण राजनीतिमा आइसक्दा नेपाली समाजमा हतियारको राजनीति पनि अब अन्त्य भयो। त्यसो भए अब नेपाली समाज र्‍याडिकलाइजेसनको जोखिमबाट मुक्त भयो त ? जवाफ आउँछ, भएको छैन। किनकि हामी तीनतिरबाट धार्मिक अतिवादले जेलिएका छौं। हिन्दू धार्मिक अतिवादले नेपाली समाजलाई पनि विस्तारै गाँज्दै लगेको छ। पूर्व, दक्षिण र पश्चिमबाट नेपाललाई बेरेको भारतीय समाजमा धार्मिक अतिवाद बढ्दै गर्दा त्यस अतिवादको बाछिटा नेपालमा पर्ने जोखिम बढ्दो छ।

तीन वर्षअघि पंक्तिकार उत्तरप्रदेशको राजधानी लखनऊ पुगेको थियो। हामीले त्यहाँबाट दिल्ली पुग्‍नैपर्ने थियो। तर, जसले हामीलाई गाडीमा राखेर दिल्ली पुर्‍याउनुपर्ने थियो, घरबाट बाहिर निस्किन डराए। कारण- उनीहरू हिन्दूभन्दा फरक सम्प्रदायका थिए। उनीहरूको भनाइ थियो, ‘हामीले गाडी चलाएर जाँदा कतै छिसिक्क छोइए पनि जीवनकै लागि खतरा हुन्छ।’ त्यसैले उनीहरू आफू गाडी चलाउन डराउँथे अनि हिन्दू ड्राइभर प्रयोग गर्थे।

त्यो अतिवादको प्रभावबाट नेपाली समाज अझै टाढै छ। तर, त्यसको प्रभावबाट भविष्‍यमा नेपाल अछुतो नरहन सक्छ। किनकि, फाट्टफुट्ट त्यसको असर देखिन थालिसकेको छ। सामाजिक सञ्‍जालहरूमा जातीय विषयले प्रमुखता पाउन थालिसकेको यथार्थलाई मनन गर्न ढिलो गर्नु हुँदैन। यदि अहिले नै त्यस्तो प्रवृत्तिमा रोक लगाउन सकियो भने धार्मिक अतिवादको जरो नेपालतिर पस्‍नबाट रोक्न पनि सकिन्छ। नेपाली समाजमा धर्मान्तरणको धन्दा पनि व्यापक चलेको छ। त्यसले भविष्‍यमा द्वन्द्व उत्पन्‍न गराउने खतरा देखिन्छ।

अनि राष्‍ट्रवाद र विकासलाई फुटपाथमा आएर हल्ला गर्ने विषय बनाइदिए, नेताहरूले। राष्‍ट्रवाद भनेको मानिसलाई सावधान गराउने, ज्ञान दिने, शिक्षा दिने, आफ्नो राष्‍ट्रप्रति चिन्तन जगाउने, देशभक्ति सिकाउने कुरा हो। तर, हामीकहाँ राष्‍ट्रवादका नाममा छिमेकी राष्‍ट्रलाई गाली गर्ने माध्यम बन्यो। कुनै पनि विषयलाई अतिवादमा लगेर आफ्नो निहित स्वार्थमा प्रयोग गर्नुहुँदैन। तर, त्यही गरिरहेका छन्, नेपाली नेताहरू। यसले देशलाई फाइदा पुर्‍याउँदैन।

श्रीलंकाको अहिलेको संकटबाट नेपाली समाजले सिक्ने सक्ने धेरै विषय छन्। त्यसमा प्रमुख विषय भनेको सरकारविरोधी अतिवाद हो। जो सत्तामा पुगे पनि प्रदर्शनकारीले त्यसलाई टिक्न नदिने भए। श्रीलंकाका निवर्तमान राष्‍ट्रपति गोटाबाया राजापाक्षे त आफ्नो देशमा बस्‍न नसक्ने अवस्थामा पुगे। उनी तमिल बाहुल्य क्षेत्रमा त बस्‍नै नसक्ने भए। माल्दिभ्समा पनि उनी तमिल जनसंख्याको उल्लेख्य उपस्थितिका कारण बस्‍न नसक्ने भए। सिंगापुर र मलेसियामा पनि तमिलहरूको उपस्थिति उल्लेख्य छ। त्यसैले त्यहाँ पनि लामो समय अडिन सक्ने अवस्थामा देखिँदैनन्। खाडी मुलुकमा जाउन् भने त्यहाँ पनि दक्षिण भारतीयहरूको राम्रै उपस्थिति छ।

नेपालमा पनि नेताहरूलाई गाली गर्ने जमातले समाजलाई त्यही दिशामा त लगिरहेको छैन ? कुनै नेताले राम्रै काम र कुरा गर्दा पनि सामाजिक सञ्‍जालहरूमा अश्लील गाली गर्ने प्रवृत्ति झांगिँदा नेपाली समाजको डरलाग्दो भविष्‍यको तस्बिर आँखा सामुन्‍ने आउँछ। र, यसको कारक सत्तामा पुगेका नेताहरू नै हुन्। उनीहरूमा पारदर्शिता र इमानदारिता नदेखिँदा नेपाली समाज अर्को अतिवादतिर लम्किँदै गरेको प्रतीत हुन्छ।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.