काठमाडौँ । सरकारले बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालय पुगेका छन् । बर्खास्त भए पनि उनी कार्यालयमा हाजिर हुन पुगेका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरिदिएको हो ।
Advertisement
भोलिपल्ट शनिबार भएकाले आफूले बर्खास्तको चिठ्ठी नपाएको भन्दै उनी कार्यालय पुगेको नेपाल वायु सेवा निगमले जनाएको छ । सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । सर्वोच्च अदालतले निलम्बनको निर्णय सच्चएसँगै उनी काममै फर्किएका थिए ।