काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदले गाँजाका बारेमा बहस गरेका छन् । एमाले सांसद शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजा फुकुवासम्बन्धी गैरसरकारी विधेयक अघि बढाउन माग गरेका हुन् ।
Advertisement
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक दर्ता गरेको धेरै समय भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन माग गरेका हुन् ।
यस्तै, उनले अविरल परेको वर्षाबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका २ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराउँदै व्यवस्थापन गर्न माग गरेका थिए ।