काठमाडौँ । यति एयरलाइन्सको जहाजमा समस्या आएसँगै उड्नासाथ ल्याण्ड गरिएको छ । पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्स जहाजको इञ्जिनमा खराबी आएसँगै ल्याण्ड गरिएको हो ।
Advertisement
पोखरा विमानस्थलबाट उड्नसाथ पाइलटले जहाजको इञ्जिनमा समस्या आएको जानकारी दिएका थिए । उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलले जनाएको छ ।
यति एयरलाइन्सको नाइन एन एएनजी कलसाइन जहाजको बायाँ इञ्जिनमा समस्या देखिएको थियो । ८ः५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो । जहाजले ४५ जना यात्रु बोकेको थियो ।