महोत्तरी । लागु औषधसहित महोत्तरीमा एकै घरका तीन जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदीप सेञ्चुरी र दिलमाया भुजेल, प्रदीपका आफ्न्त २२ वर्षीय विशाल सेञ्चुरी पक्राउ परेका हुन् ।
आज अपरान्ह औरही कठुधारास्थित प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध नाइट्रोभेट १० लेखिएको ९९ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीको अनुसार उनीहरू बर्दिबास–सम्सी सडक खण्डमा पैदल हिँड्दै गर्दा शंका गरी जाँच गर्दा लागु औषध फेला परेको थियो । पक्राउ परेका उनीहरू अहिले इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा छन् ।