काठमाडौँ । कार्यालय प्रमुख सम्पर्कमा नआएपछि बाराको पचरौता नगरपालिकामा सबै सेवा प्रभावित भएको छ ।
Advertisement
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव लामो समयदेखि कार्यालयमा उपस्थित नहुँदा प्रशासनिक सेवासहित स्वास्थ्य सेवा पनि प्रभावित बन्न पुगेको हो।
नगर प्रमुख जलन्धर सिंह जैसवारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन हुँदा कार्यालयको सेवा प्रभावित हुन पुगेको सूचना नै जारी गरेर जानकारी दिएका छन ।
प्रशासकीय अधिकृत यादव कार्यालयमा उपस्थित नभएपछि नगरसभा सम्पन्न हुन नसकेकाले करारका कर्मचारी नवीकरण गर्न र नयाँ कर्मचारी पदपूर्ति गर्न कानुनी बाध्यता रहेकाले सेवा सञ्जालन गर्न असमर्थ रहेको नगर प्रमुखद्वारा जारी सूचनामा उल्लेख छ ।