• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बैंकले बेचिदियो दुई करोडको जग्गा ३५ लाखमा, चार परिवार घरविहीन


सोमबार, साउन ०२, २०७९ मा प्रकाशित

काठमाडौँ । बर्दिबास ८ की ६२ वर्षीया बालकुमारी दर्लामी मंगलबार हारगुहार गर्दै आफूलाई घरविहीन हुनबाट बचाइदिन ज्योति विकास बैंकका शाखा व्यवस्थापक सुरज देवकोटालाई अनुरोध गरेरहेकी थिइन् ।

Advertisement

पुस्तौँदेखि बर्दिवास ८ गिरिटोलमा बस्दै आएकी उनको छोराले बैंकको कर्जा तिर्न नसकेको र ऋणबापत राखेको घर घडेरीको धितो लिलामी भएको पत्र मंगलबार नै प्राप्त गरिन् ।

बालकुमारीकै नाममा रहेको जग्गा मुख्य ऋणी जेठा छोरा मीनबहादुर दर्लामीले निर्धारित समयमा चुक्ता गर्न नसकेपछि एक बिगाहा ११ कठ्ठा १८ धुर जग्गा लिलाम भएको चिठीमार्फत बैंकले जानकारी गराएको थियो । सो निर्णयले बालकुमारीसहित उनका तीन छोरा सडकमा आइपुगेका छन् ।

सोही जग्गाबाट पारिवारिक भरणपोषणको आधार बन्दै आएको बेला बैंकले कौडीको मूल्यमा अर्कैको नाममा पास गरेपछि बालकुमारीको ठूलो परिवारका सदस्य घरविहीन बनेका छन् ।

‘कमसेकम बैंकले समयमै जानकारी गराएको भए हामी पनि केही गर्थ्यौं होला,’ बालकुमारीका माइला छोरा हिरालाल दर्लामीले भने । उनले आफूहरूलाई जानकारी नगराइ गुपचुप जग्गा लिलामी गर्नुमा गम्भीर षडयन्त्र भएको आरोप लगाए ।

बालकुमारीका जेठा छोरा मीनबहादुरले दुई वर्षअगाडि सिन्धुलीमा होटल खोल्ने उद्देश्यले बैंकसँग ओडी र टर्म कर्जा गरेर ३५ लाख निकालेका थिए । २० लाख ओडी र १५ लाख टर्म कर्जा गरी मीनबहादुरले उक्त जग्गाको धितोबापत ३५ लाख पाएका थिए ।

‘समय समयमा मैले ऋण तिर्दै आएको थिएँ, कोरोना माहामारी तथा विविध कारणले भनेजति किस्ता बुझाउन सकिएन, तर जग्गा बेचेर भए पनि म उक्त कर्जा चुक्ता गर्नेतर्फ नै गृहकार्य गर्दै थिएँ,’ उनले भने ।

चलनचल्तीको मूल्यमा बेच्दा पनि उक्त जमिनको मूल्य दुई करोडभन्दा बढी हुन आउँछ । तर, बैंकले ३५ लाखमा हेटौँडाका जग्गा व्यवसायी माधव आचार्यलाई सकारेको देखिएको छ । बैंकको प्रक्रियाअनुसार धितो लिलाम हुनुभन्दा अगाडि अंशियार तथा हकवालालाई जानकारी गराउनु पर्दछ ।

मीनबहादुरलाई पठाएको चिठीमा मिनमाया दर्लामी, हिरालाल दर्लामी, चोकबहादुर दर्लामी र बालकुमारी दर्लामीलाई बोधार्थ राखे पनि बैंकले कुनै माध्यमबाट जानकारी गराएको देखिएको छैन ।

सम्पत्ति लिलाम जस्तो विषयमा हकवालालाई थाहा नै नदिइकन बैंकले आफूखुसी धितोबापतको जग्गा किन लिलाम गर्‍यो भन्ने विषय रहस्यमय छ । करोडौँ मूल्य पर्ने उक्त जग्गा कौडीको मूल्यमा लिलाम गरेकोप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले बैंकको नियतमाथि नै प्रश्न उठाएको छ ।

जग्गा लिलाम भएपछि अहिले मीनबहादुरको भाइ भाइमा पारिवारिक द्वन्द्व सुरु भएको छ । सम्पत्तिको नाममा रहेको सबै जग्गा बैंकले लिलाम गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

मीनबहादुरको अहिले सिन्धुली कमलामाई ७ मा गढीदरबार थकाली भान्छा घर छ । सोही होटल चलाउन मीनबहादुरले बैंकसँग उक्त रकम लिएका थिए । बैंकले धितो लिलामका सम्बन्धमा १८ जेठ २०७९ मा सात दिने सूचना निकालेको र उक्त अवधिभित्र कर्जा भुक्तान गर्ने जानकारीसहितको चिठी गढी दरबार थकाली भान्छा घरलाई सम्बोधन गर्दै पठाएको थियो ।

‘जानकारी प्राप्त हुनासाथ म बैंकमा आएर जग्गा बेच्ने गृहकार्य गरिरहेको छु, मान्छे पनि तयार छ्न्, मलाई केही समय दिनुस् भन्दा उहाँहरूले हुन्छ भनेर लिलाम पो गरिदिनु भएछ,’ मीनबहादुरले भने ।

चिठीको मितिअनुसार लिलामको प्रक्रियामा गएको जानकारी १८ जेठ २०७९ उल्लेख गरिएको छ । तर हकवालाले ६ असार २०७९ मा उक्त चिठी प्राप्त गरेका छन् ।

बर्दिवासस्थित ज्योति विकास बैंकका व्यवस्थापक सुरज देवकोटाले भने लिलामी प्रक्रियाअनुसार नै भएको दाबी गरेका छन् ।

  • अंशियार
  • परिवार
सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.