काठमाडौँ । नेपाल प्रहरीले लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
Advertisement
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारतीय नागरिक १८ वर्षीय विवेक कुमारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागु औषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुंगामा जाँचका क्रममा लागु औषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ ।
पक्राउ परेका कुमारलाई लागु औषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।