काठमाडौँ । बर्दियामा एक जना ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका ६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठपछाडि लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।