काठमाडौं- अमेरिका र साउदी अरेबियाबीच ऊर्जा, निवेश, संचार र स्वास्थ्य क्षेत्रमा १८ सम्झौता भएको छ।
Advertisement
अमेरिकी राष्ट्रपति जो बाइडनको साउदी अरेबियाको भ्रमणमा छन्। सोही क्रममा दुई देशबीच सम्झौता भएको हो। राष्ट्रपति बाइडेनको शुक्रबार साउदीका राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएको थियो।
भेटका बारेमा जो बाइडेनले साउदी अरेबियाको सुरक्षा आवश्यकताबारे राजा सलमान र युवराजसँग पनि कुराकानी भएको बताए।
यसैबीच अमेरिकामा राष्ट्रपति जो बाइडेनको साउदी भ्रमण विवादको विषय बनेको छ। साउदीका पत्रकार जमाल खशोग्गीको हत्यालाई लिएर एक वर्गले क्राउन्स प्रिन्ससँग बाइडेनको भेटको विरोध गरिरहेको छ।